
प्याज ४३ रुपैयाँमा खरिद, ८० रुपैयाँमा बिक्री
प्याजको कालोबजारी गरेको अभियोगमा कलैया उपमहानगरपालिका-१ स्थित खुशी स्टोरका संचालक सोही ठाउँ बस्ने चन्दन साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्याजको कृतिम अभाव देखाई खरिद मूल्यको दोब्बरसम्म बिक्री गरी कालोबजारी भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उक्त स्टोरमा ग्राहक बनी प्याज खरिद गर्दा प्रतिकिलो ४३ रुपैयाँमा खरिद गरेको प्याजलाई साहले प्रतिकिलो ८० रुपैयाँमा बिक्री गरेको पाइएपछि उनलाई पक्राउ गरेको हो । स्टोरमा लुकाई राखेको ४ सय ५८ किलो प्याज समेत प्रहरीले बरामद गरेको छ ।
साहलाई कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार आवश्यक कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
अरु समाचार
उपभोक्ता ठग्ने उद्योगलाई जरिवाना
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले खरीद बिलबिजक नराख्...
प्रहरीको उलन पाईन्टमा अनियमितता, ठगी गर्ने...
ठगी सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा चितवन माडी नगरपालिका-८ घर...
नेपाल इन्जिनियरिङ कलेजका पूर्वकार्यकारी अध...
नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका पूर्वकार्यकारी अध्यक्ष लम्बोदर...
वैदेशिक रोजगार ठगी मुद्दाका फरार अभियुक्त ...
वैदेशिक रोजगार ठगी मुद्दाका फरार अभियुक्त काठमाडौं आरुवबारी बस्ने स...
सस्तोमा डलर साटीदिन्छु भन्दै नगद ५ लाख रुप...
भक्तपुर नगरपालिका-१० कमलविनायक वसपार्कबाट सूर्यबिनायक बस्ने दोलखा घ...
अमेरिका लैजाने भन्दै फिलिपिन्समा अलपत्र पा...
अमेरिका लैजाने भन्दै फिलिपिन्समा अलपत्र पारेर ४१ लाख ठग्ने २ जना पक...
सहकारी संस्थाको ५ करोड ६७ लाख ठगी गरी फरार...
सहकारी संस्थाको ५ करोड ६७ लाख ठगी गरी फरार रहेको ब्यक्ति पक्राउ परे...
फेसबुकमा महिला बनेर ठगि गर्ने पक्राउ
फेसबुकमा महिला बनेर ठगि गर्ने पक्राउ परेका छन । महानगरीय अपराध महाश...