चन्दा उठाउँदै हिँडिरहेको अवस्थामा विप्लवका २ विद्यार्थी नेता पक्राउ

चन्दा उठाउँदै हिँडिरहेको अवस्थामा विप्लवका २ विद्यार्थी नेता पक्राउ

प्रहरीले कास्कीको पोखरा महानगरपालिका–६ हल्लन चोकबाट जबरजस्ती चन्दा उठाउने विप्लव समूहका दुई विद्यार्थी नेतालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा उदपयुर त्रियुगा नगरपालिका–७ मोतिडाँडा घर भई काठमाडौँ तार्केश्वर बस्ने २७ वर्षीय रविन केसी र रोल्पा गंगादेवी गाउँपालिका–२ घर भई काठमाडौँ गोगंबु बस्ने २२ वर्षीय रामकुमार डाँगी रहेका छन् । उनिहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले पक्राउ गरेको हाे ।

प्रहरीले उनीहरुकाे साथबाट नगद एक लाख रुपैयाँ, ४ वटा मोबाइल फोन र चन्दा उठाउन प्रयोग गरिएको नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) केन्द्रीय समितिका नगद रसिद बरामद गरेकाे छ ।

प्रहरीले उनीहरुलाई विप्लवको नाममा विभिन्न पसलदेखि व्यवसायीहरुलाई धम्काउँदै जबरजस्ती चन्दा उठाउँदै हिँडिरहेको अवस्थामा पक्राउ गरेको हाे । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.