राष्ट्रिय झण्डा जलाउने तामाङ पुर्पक्षका लागि थुनामा

राष्ट्रिय झण्डा जलाउने तामाङ पुर्पक्षका लागि थुनामा

राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाएको आरोपमा पक्राउ परेका गायक ग्याल्जेन दोर्जे तामाङलाई  पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले सोमबार तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

त्यस्तै, म्युजिक भिडिओ बनाउनमा संलग्न आठ जना भने रिहा भएका छन् । त्यसमध्ये तीन जना १५-१५ हजार धरौटी बुझाएर छुटेका हुन् भने अन्य साधारण तारेखमा छुटेका हुन्।  उनीहरुविरुद्ध भदौ २४ गते काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको थियो ।

भदौ १ गते एक युट्युव च्यानलमार्फत् ‘देशद्रोही’ नामको म्युजिक भिडिओ सार्वजनिक भएको थियो। त्यस भिडिओको ४० औं सेकेन्डमा गायक तामाङले झण्डा जलाएको भिडिओ थियो।

त्यसको चौतर्फी विरोध भएपछि प्रहरीले यसमा संलग्न गायक तामाङसहित नौ जनालाई पक्राउ गरेको थियो।

झण्डा जलाएको म्युजिक भिडिओ बनाएको आरोपमा एक जना पक्राउ

झण्डा जलाउने ज्ञाल्जेन दोर्जे तामाङसहित ८ जना पक्राउ (अपडेट)

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.