पहिरोमा परेर २ जनाको मृत्यु, २२ जना बेपत्ता

पहिरोमा परेर २ जनाको मृत्यु, २२ जना बेपत्ता

बाह्रबिसे नगरपालिका-७ स्थित नाकुचेमा गएको पहिरोमा परेर सोही ठाउँ बस्ने ६२ वर्षीया भक्ति माया श्रेष्ठको मृत्यु भएको  छ । पहिरो गएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरीले उद्दार गर्ने क्रममा श्रेष्ठलाई मृत फेला पारेको हो । साथै उक्त पहिरोले ७ वटा घर बगाउँदा १६ जना बेपत्ता भएको बताइएको छ ।

यसैगरी सोही नगरपालिका-७ घुम्थाङ भिरखर्कमा समेत पहिरो गई २ घर बगाउँदा सोही ठाउँ बस्ने २३ वर्षीया जुनु बिकको मृत्यु भएको छ । उक्त पहिरोमा परेर ६ जना बेपत्ता भएको बताइएको छ ।

तत्काल खटिएको स्थानीय प्रहरीले वेपत्ताको खोजी तथा आवश्यक उद्धार कार्य समेत गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.