सहकारी संस्थाको ५ करोड ६७ लाख ठगी गरी फरार रहेको ब्यक्ति पक्राउ

सहकारी संस्थाको ५ करोड ६७ लाख ठगी गरी फरार रहेको ब्यक्ति पक्राउ

सहकारी संस्थाको ५ करोड ६७ लाख ठगी गरी फरार रहेको ब्यक्ति पक्राउ परेका छन । महानगरीय अपराध महाशाखाले न्युरोडमा रहेको नौलो परिवेश वचत तथा सहकारी संस्था लिमिटेडको ५ करोड ६७ लाख ठगी गरी फरार रहेका काठमाडाैं  ३१ बस्ने राजकाजी खड्गीलाई पक्राउ गरेको हो ।

उनी सहकारीको प्रबन्धक पदमा कार्यरत थिए।मिति २०७० असार देखि मिति २०७७ जेठ मसान्त सम्म ७ वर्ष कार्यरत रहँदा उक्त सहकारीको हर हिसाव तथा सहकारीको बैंक खाता सन्चालन समेतको सम्पुर्ण जिम्मा लिई उक्त संस्थाको सम्पुर्ण हिसाबको विवरण नदेखाई ५ करोड ६७ लाख नगद ठगी गरी फरार भई लुकीछिपी बसेको अवस्थामा धापाखेलबाट पक्राउ गरिएको एसएसपी दीपक थापाले जनानकारी दिए। 

उनलाई आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर टेकु पठाईएको छ।  मुलुकी फौजदारी संहिता, २०७४ को दफा २४९ बमोजिम ठगी सम्वन्धी कसुरमा अनुसन्धानको लागि सम्मानित काठमाण्डौं जिल्ला अदालत वाट मिति २०७७/५/२२ गते वाट लागु हुने गरी दिन ५ म्याद थप अनुमति प्रदान भै अनुसन्धान भइरहेको  प्रहरीले बताएकाे छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.