बागलुङको बाढीमा मृतकको सङ्ख्या १७ पुग्यो, २१ अझै बेपत्ता

बागलुङको बाढीमा मृतकको सङ्ख्या १७ पुग्यो, २१ अझै बेपत्ता

बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको बाढीले तटीय क्षेत्रका घर बगाउँदा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ भने २१ जना बेपत्ता छन् ।

बुधबार राति साढे ११ बजेतिर आएको बाढीले खोलाको तटीय क्षेत्रका आधा दर्जन घर बगाएको थियो । बेपत्ता खोज्ने क्रममा सोमबार अन्दाजी ३४ वर्षीय पुरुषको शव बडीगाड गाउँपालिका-७ स्थित बढीगाड खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मृतक १७ जनामध्ये १५ जनाको मात्रै सनाखत हुन सकेको छ । सनाखत भएका शवको अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाइसकिएको छ ।

पहिचान हुन बाँकी दुईजनाको शव बुर्तिवाङ स्वास्थ्य केन्द्रमा राखिएको । अधिकांश शव बाढीले बगाएको गाउँभन्दा धेरै तल बडीगाड खोलामा फेला परेको प्रहरीले जनाएकाे छ ।

बेपत्ताको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.