
कपनमा सुन किन्न बोलाएर १३ लाख लुटपाट
राजधानीको बूढानीलकण्ठ नगरपालिका-११ कपनस्थित आनीगुम्बा नजिकै सुन किन्न गएका उदयपुर चौदण्डीका निराहाङ राईमाथि लुटपाट भएको छ ।
कपनको आनीगुम्बा नजिकैबाट लुटेरा समूहले उनको साथमा रहेको १३ लाख ५० हजार लुटेका हुन् ।
बिहीबार साँझ सुन किन्न बोलाएर साथमा बोकेको पैसाको झोला खोसेर भाग्ने समूहका योजनाकारसहित पाँच जनालाई अपराध महाशाखा र प्रहरी वृत बौद्धले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसेका ३२ वर्षीय विष्णु थापा, सिन्धुपाल्चोक जुगलका २७ वर्षीय मेखबहादुर तामाङ, २८ वर्षीय रुवेन लामा गोले, २३ वर्षीय आकाश स्याङ्वो र सर्लाही हरिवन घर भइ कपन बस्ने विशाल लामा छन् ।
सस्तोमा सुन बेच्ने सपना देखाएर लुट्ने समूहका मुख्य योजनाकार रुवेन लामासँग ३७ वर्षीय निराहाङले सुनको डिल गरेका थिए । सानो टुक्रा सक्कली सुन देखाएर विश्वासमा पारेपछि रुवेनले पैसा लिएर गुम्बानजिक आउन भनेका थिए ।
गुम्बानजिक पुग्नासाथ रुवेनको समूहका चार जना निराहाङको साथमा रहेको झोला खोसेर भागेका थिए ।
अरु समाचार
मोटरसाइकल चोरी गर्ने गिरोहका सदस्य पक्राउ
जिल्ला प्रहरी कार्यालयले मोटरसाइकल चोरी गर्ने गिरोहका चार जनालाई पक...
नक्कली पैसा दिएर पाँच तोला सुन लिएर फरार भ...
ललितपुरको ताल्छीखेलस्थित जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरीमा नक्कली ...
लुटपाट गरी भाग्दै गरेको अवस्थामा ४ जना पक्...
लुटपाट गरी भाग्दै गरेको अवस्थामा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्...
काठमाडौं र ललितपुरका दुइ स्थानमा चोरी
काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका- ८ गोठाटार बस्ने रामेछाप गोकुल...
हेटौंडा औधोगिक क्षेत्रभित्र धनमाल चोरी
हेटौंडा उपमहानगरपालिका-८ औधोगिक क्षेत्रस्थित नेशनल स्ट्रक्चर ईन्जिन...
ललितपुरमा मोटरसाइकलमा आएकाले सुनको सिक्री...
ललितपुर महानगरपालिका-१ कुपण्डोलस्थित सडकबाट पैदलयात्री सुनमाया तमाङ...
सिक्री लुट्ने तथा लुटेको सिक्री किनबेच गर्...
काठमाडौं महानगरपालिका-२३ झोंछेस्थित सडकमा हिँडिरहेकी महिलाले लगाएको...
ललितपुरको एकान्तकुनाबाट करिब २० लाखको सामा...
ललितपुर महानगरपालिका-१३ एकान्तकुनास्थित न्यू लक्ष्मीनारायण सुनचाँदी...