स्वास्थ्यकर्मीलाई डेरामा जान अवरोध गर्नेलाई गृह मन्त्रालयले कारवाही गर्ने

स्वास्थ्यकर्मीलाई डेरामा जान अवरोध गर्नेलाई गृह मन्त्रालयले कारवाही गर्ने

नोवेल कोरोना भाइरस (कोभिड–१९) को उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वा राष्ट्रसेवक कर्मचारीलाई डेरा/घरमा आउजाउमा अवरोध गर्नेलाई गृह मन्त्रालयले कारवाही गर्ने भएको छ ।

महामारी नियन्त्रणमा खटिएकाहरूलाई हुलहुज्जत गर्ने, धम्की दिने, बसोबास गरेको घर वा डेरामा आउन–जान नदिने, घेराउ गर्ने वा दुर्व्यवहार गर्नेलाई गृह मन्त्रालयले कडा कारवाही गर्ने गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।

यदि कसैले माथिका कुनै हर्कत गरेमा गृह मन्त्रालयको टोल फ्रि नम्बर ११४९ वा नेपाल प्रहरीको १०० नम्बरमा फोन गर्नु गृह मन्त्रालयले अनुराेध गरेकाे छ ।

स्थानीयवासीको नाममा उश्रृखल गुण्डाहरूले काठमाडौं, मोरङ र चितवनमा कोभिड–१९ को नियन्त्रणमा खटेकाहरूलाई दुव्र्यवहार गरेपछि यस्तो निर्देशन दिनुपरेको मन्त्रालयले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.