झण्डा जलाउने  ज्ञाल्जेन दोर्जे तामाङसहित ८ जना पक्राउ (अपडेट)

झण्डा जलाउने ज्ञाल्जेन दोर्जे तामाङसहित ८ जना पक्राउ (अपडेट)

राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ बनाएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार भिडिओ बनाउने ‘क्यामेराम्यान’ पक्राउ गरेपछि अन्य ८ जना पक्राउ परेका छन।

उनीहरुले सोमबार एक युट्युव च्यानल मार्फत ‘देशद्रोही’ नामको म्युजिक भिडिओ सार्वजनिक गरेका थिए।  भिडिओमा गायक ग्याल्जोम दोर्जे तामाङ्गले  झण्डा जलाएका छन। तामाङ्ग पनि पक्राउ परिसकेका छन।

भिडिओ मकवानपुरको बागमति गाउँपालिका-३स्थित सल्लेनीको विष्णु आधारभूत विदयालयमा खिचिएको हो।

भिडिओमा धर्म र जातको कुरा समेत निकालिएको छ।

भिडियोमा नेपालको राष्ट्रिय झण्डामा आगो लगाई जलाएको तथा पृथ्वी नारायण शाह, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला समेतको तस्विर जलाईएको छ ।

गीतका शब्दहरुमा नेपालको राष्ट्रिय झण्डालाई ‘ब्रा’ जस्तो भनेर संकेत गरिएको र जातीय  द्वन्द्व भड्काउने गरी ‘बाहुन क्षेत्री लुटेरा शरणार्थी’, बाहुन क्षेत्रीलाई खेदनु पर्छ भन्ने शब्दावलीहरुको प्रयोग गरी ढाका टोपीलाई पनि अपमानजनक शब्द प्रयोग गरिएको छ ।

जातीय द्वन्दलाई प्रश्रय दिने, बर्गीय जातिय र साम्प्रदायिक आधारमा घृणा, द्वेष र अवहेलना उत्पन्न गराउने तथा नेपालको राष्ट्रिय झण्डामा आगो लगाउने समेतको कार्य गरी सो को दृष्य सामाजिक संजालमा राखि प्रशारण गर्ने व्यक्तिहरु मध्ये निम्न व्यक्तिलाई केन्द्रीय अनुसन्धान ब्यूरो र अपराध महाशाखाको बिशेष सकृयतामा बिभिन्न स्थानबाट पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको  छ ।

पक्राउ परेका मानिसको बिवरण:-

  • जिल्ला मकवानपुर बस्ने बर्ष २३ को ज्ञाल्जेन दोर्जे तामाङ भन्ने रोजीत कुमार तितुङ (गायक तथा मोडल) ।
  • जिल्ला काभ्रे बस्ने बर्ष २८ को लावाङ तामाङ (मोडल) ।
  • जिल्ला काभ्रे बस्ने बर्ष २७ को प्रयास भन्ने चलाकमान तामाङ (रेकर्डिङ स्टुडियो) ।
  • जिल्ला काभ्रे बस्ने बर्ष ३१ को संजय भन्ने हुत्त बहादुर तामाङ (भिडियो ईडिटिङ) ।
  • जिल्ला काभ्रे बस्ने बर्ष ३६ को कमल कुमार लामा तामाङ (भिडियो ईडिटिङ)  ।
  • जिल्ला मकवानपुर बस्ने बर्ष १८ को मंगोल बुद्द भन्ने अनोज कुमार तितुङ (गायक तथा मोडल) ।
  • जिल्ला सिन्धुपाल्चोक बस्ने बर्ष २८ को संजित कुमार घिसिङ (भिडियोग्राफर) ।
  • जिल्ला दोलखा स्थायी वतन भई हाल काठमाण्डौ बस्ने बर्ष २२ की अरुणा थामी (गायिका)

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.