झण्डा जलाएको म्युजिक भिडिओ बनाएको आरोपमा एक जना पक्राउ

झण्डा जलाएको म्युजिक भिडिओ बनाएको आरोपमा एक जना पक्राउ

राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ बनाएको आरोपमा एक जना पक्राउ परेका छन। महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार भिडिओ बनाउने ‘क्यामेराम्यान’ पक्राउ गरेको हो।

महानगरीय अपराध महाशाखाको टोलीले  उनलाई काठमाडौंबाट पक्राउ गरेको हो।

भिडिओका गायक गेल्जङ दोर्जे तामाङलाई प्रहरीले खोजी गरिरहेको छ।

उनीहरुले सोमबार एक युट्युव च्यानल मार्फत ‘देशद्रोही’ नामको म्युजिक भिडिओ सार्वजनिक गरेका थिए।  भिडिओमा गायक तामाङले झण्डा जलाएका छन।

भिडिओ मकवानपुरको बागमति गाउँपालिका-३स्थित सल्लेनीको विष्णु आधारभूत विदयालयमा खिचिएको हो।

भिडिओमा धर्म र जातको कुरा समेत निकालिएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.