४ लाख ३६ हजारको सुन किनेर चेक छाडेर गएपछि

४ लाख ३६ हजारको सुन किनेर चेक छाडेर गएपछि

महानगरीय अपराध महाशाखाले सुन पसलबाट सुन ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ।

महाशाखाले बुधबार राति नौं बजे काठमाडौं महानगर-३१ नयाँ बानेश्वर बस्ने २९ वर्षीया शारदा मगरलाई ज्ञानेश्वरबाट पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धान अनुसार उनले करिब ४ लाख ३६ हजार बराबरको सिक्री, लकेट, ब्रासलेट, हिराको औंठीलगायतका गरगहना विभिन्न बहाना बनाई ठगी गरेका थिइन्।

‘उनी पसल जादाँ राम्री देखिने गरी प्रस्तुत हुने र पसलेको अघि पनि राम्रो ग्राहकका रूपमा प्रस्तुत हुने गर्थिन्,’ महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले भने,’त्यसपछि आफूले विश्वास जितेपछि पसलका मान्छेलाई आफूले पैसा बोक्ने नगरेको भन्दै चेक दिने गर्थिन्।’

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.