सँगै सुतेका श्रीमान २ लाख रुपैयाँ र २ तोला सुन लिएर भागेपछि

सँगै सुतेका श्रीमान २ लाख रुपैयाँ र २ तोला सुन लिएर भागेपछि

विवाहको वहाना गरी जबरजस्ती करणी गरेर ठगी गरेका एक जना पक्राउ परेका छन।

महानगरीय प्रहरी वृत थानकोटबाट खटिएको प्रहरीले धादिङ साबिक कुम्पुर गाविस ३ हाल सिद्धलेख गापा ७ घर भई चन्द्रागिरि ६ बस्ने बर्ष ३० को राजन बिश्वकर्मा भन्ने राजन सेन्चुरीलाई पक्राउ गरेको हो । उनले एक महिलालाई आफ्नो डेरामा लगेर बलात्कार गरी रकम लिइ भागेको प्रहरीले जनाएको छ।

उनले केही महिना अगाडि फोन गरी आफ्नो नाम राजन श्रेष्ठ भनि बताइ भेटघाट गर्न महिलालाइ बोलाएको र भेटघाट भएको देखिन्छ थानकोट प्रहरी डिएसपी धनश्याम श्रेष्ठले भने। भेटघाटमा राजन विश्वकर्माले आफु अविवाहित पुरुष भएको र महिलासँग विवाह गर्ने प्रस्ताव राखेका थिए। महिलाले उक्त प्रस्तावलाई स्विकार गरेकी थिइन।

पछि उनीहरु प्रेम विवाह चेकपोष्टस्थित एक घरमा डेराकोठा लिएर बसेका थिए।

२०७७ साउन २२ गते विहान सँगै सुतेका श्रीमान नभेटिएपछि ती महिलाले प्रहरीमा उजुरी दिएकी थिइन। पछि उनले २ लाख नगद, २ तोला सुन लिएर भागेको भन्दै प्रहरीमा जाहेरी दिइन।

उनी सम्पर्क विहिन भएपछि आफुमाथि विवाहको वहानामा पटक पटक जवर्जस्ती करणी भएको तथा ठगिएको महशुस गरेर प्रहरीकहाँ गएको ती महिलाले बताइन।

राजन विश्वकर्मा भन्ने राजन सेन्चुरी उपर मुलुकी अपराध संहिता २०७४ बमोजिम जवर्जस्ती करणी तथा ठगि कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.