गोंगबुमा सुटकेशमा भेटिएको शवको पहिचान खुल्यो

गोंगबुमा सुटकेशमा भेटिएको शवको पहिचान खुल्यो

गोंगबुमा विभत्स हत्या भएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ ।

उक्त शव दाङका कृष्णबहादुर बोहराको भएको प्रहरीले जनाएकाे छ । शवको सनाखत नहुँदा अनुसन्धानले गति लिन नसकेपछि प्रहरीले शवको फोटो सार्वजनिक गरेको थियो । त्यसपछि शव बोहराको भएको खुलेको हो ।

उनी नयाँ बजार क्षेत्रको एक उद्योगमा काम गर्ने प्रहरी स्रोतले जानाएकाे छ । मृतकको सनाखत भएसँगै काठमाडौं प्रहरी परिसर र अपराध अनुसन्धान महाशाखाको टोली अहिले गोंगबु पुगेर अनुसन्धान सुरु गरेकाे छ ।

आइतबार काठमाडौंको टोखा नगरपालिका–१० स्थित गोंगबु गणेशस्थान आसपासको छुट्टाछुट्टै स्थानमा सुटकेशमा शव र जेब्रा झोलामा पुरुषको टाउको फेला परेको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.