गोंगवु गणेशस्थानमा सुटकेशमा शव फेला

गोंगवु गणेशस्थानमा सुटकेशमा शव फेला

काठमाडाैंकाे  गोंगवु गणेशस्थानमा सुटकेशमा शव फेला परेको छ। हत्या गरेर  शव सुटकेशमा फालिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

गणेशस्थान नजिकै कालो सुटकेशमा शव र दुई सय मिटरको दुरीमा टाउको फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले बताए ।

उनका अनुसार शव फेला परेको स्थाभन्दा दुई सय मिटर पर टाउको भेटिएको  हो ।  टोखा नगरपालिका–१० स्थित सडक किनारामा राखिएको सुटकेशबाट रगत बगेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.