रुपन्देहीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु

रुपन्देहीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु

रुपन्देहीको रोहिणी गाउँपालिका- ४ मा कार दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

परासीवाट भैरहवातर्फ आउदै गरेको लु.२ च.६७५६ नं.को कार अनियन्त्रत भएर दुर्घटनमा हुदाँ रुपन्देही सिद्धार्थनगर नगरपालिका वार्ड नं.४ बस्ने बर्ष २७ को देबेन्द्र चौधरी ,रुपन्देही कोटहीमाई गाउँपालिका वार्ड नं.३ मर्यादपुर बस्ने बर्ष २८ को नौसाद दर्जी  र नवलपरासी रामग्राम नगरपालिका वार्ड नं.१ २ पथगावा बस्ने बर्ष १२ को प्रदिप ठाकुरकाे मृत्यु भएको हाे ।

दुर्घटनामा गम्भिर घाइते भएका उनिहरुलाई उजचारकाे लागि भिम अस्पताल भैरहवा पुर्याइएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जनाएकाे छ ।

दुर्घटनामा भैरहवाका ३० वर्षीय अनिल यादव गम्भीर घाइते भएका छन् । उनकाे साेहि अस्पतालमा उपचार भइरहेकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.