मानव बेचबिखनमा संलग्न तामाङ पक्राउ

मानव बेचबिखनमा संलग्न तामाङ पक्राउ

नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेर फरार सिन्धुपाल्चोक घर भई गोकर्णेश्वर बस्ने ४६ वर्षीय ह्याङ्गलाल तामाङलाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक गोविन्द थपलियाले उदयपुर, झापा, सिन्धुपाल्चोक र काठमाडौँका चार महिलालाई कुवेतमा राम्रो तलबमा काम लगाइदिन्छु भनेर भारतमा लगेर बन्धक बनाएकाले तामाङलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

तामाङले ती महिलालाई विसं २०७३ मा वीरगञ्ज नाका हुँदै दिल्लीमा बन्धक बनाएर राखे पनि प्रहरीले २०७४ मा महिलाको उद्धार गरेर मनोपरामर्श दिएर आफन्तको जिम्मा लगाइसकेको छ ।

पक्राउ तामाङलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान कारवाही हुने ब्युरोले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.