पहिरोमा परेर आठ जनाको मृत्यु

पहिरोमा परेर आठ जनाको मृत्यु

सिन्धुपाल्चोकको मेलम्ची बजारमा गएराति गएको पहिरोमा परेर मृत्यु भएका आठ जनाको शव निकालिएको छ।

मेलम्ची नगरपालिका-११ का वडाध्यक्ष रूद्रप्रसाद दुलालका अनुसार पहिरोबाट आठ जनाको शव सोमबार बिहान निकालिएको हो।

‘आठ जनाको शव पहिरोबाट निकालियो,’ उनले सेतोपाटीसँग भने, ‘घाइते एक जनाको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौंको ह्याम्स अस्पताल लगिएको छ।’

एअर डाइनेष्टीको हेलिकप्टरबाट घाइतेको उद्धार गरिएको उनले बताए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.