नक्कली प्रहरी बनेर थर्काउने दुई युवा पक्राउ

नक्कली प्रहरी बनेर थर्काउने दुई युवा पक्राउ

दाङ प्रहरीले नक्कली प्रहरी बनेर सर्वसाधारण र व्यवसायीलाई थर्काउने दुई युवालाई पक्राउ गरेको छ।

प्रहरीले घोराही उपमहानगरपालिका वडा नं. ९ दक्षिण कर्मटुवा निवासी ३० बर्षीय सरोज नेपाली र सल्यान जिल्लाको दार्मा गाउँपालिका वडा नं. ४ भलचौर निवासी ३० बर्षीय गोपाल मल्ललाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काका अनुसार नेपालीले आफुलाई जिल्ला प्रहरी कार्यालय घोराही दाङमा कार्यरत सई योगेन्द्र हमाल भएको भन्ने नक्कली परिचय पत्र दिएर होटेलहरुमा निःशुल्क खाने र पैसा मागेर थर्काउँदै आएका थिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.