पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको  मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलाले जनकारी दिए । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

ललितपुर थसिखेलका बासिन्दा उनलाई साउन ६ गते अस्पताल भर्ना गरिएको थियो । निमोनियाको समस्या देखिएकी उनी हालसालै वीरगञ्जबाट आएकी थिइन् । स्टार अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पताल सारिएको थियो ।

अहिले मृतकको शव अस्पतालमै रहेको र आजै सेनाले व्यवस्थापन गर्ने अस्पतालले जनाएको छ।

बिहीबार मात्र वीरगन्जमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको थियो। जसमा जगदम्बा इन्टरप्राइजेजका सिइओसहित दुई जना पर्साका बासिन्दा छन्।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.