प्रहरी प्रधान कार्यालयका थप २८ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ७२ पुग्यो

प्रहरी प्रधान कार्यालयका थप २८ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ७२ पुग्यो

प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ ।

शुरुमा चारजनालाई संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा थप २८ जनामा संक्रमण देखिएको हो । सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएकाे हाे । योसँगै प्रहरी प्रधान कार्यालयमा संक्रमितको संख्या ७२ पुगेको छ भने देशभर २५० जना संक्रमित छन् ।

प्रहरी प्रधान कार्यालयको सवारी (एमटी) शाखामा कार्यरत एकजना प्रहरी हवल्दार काठमाडौँ बाहिर गएर फर्केपछि पहिलो पटक उनलाई कोरोना संक्रमण भएको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.