साँझ ७ बजेदेखि बिहान ७ सम्म काठमाडौं उपत्यका प्रवेशमा रोक

साँझ ७ बजेदेखि बिहान ७ सम्म काठमाडौं उपत्यका प्रवेशमा रोक

उपत्यका प्रवेश गर्ने नाकामा परीक्षण गर्दा ठूलो संख्यामा कोरोना पोजेटिभ देखिएको भन्दै गृह मन्त्रालयले साँझ ७ बजेपछि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ ।

गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बिहीबार काठमाडौं प्रवेश गर्ने नाकाहरुमा हुने आवागमनमा पूर्ण निगरानी साथ जाँचको आवश्यक व्यवस्था मिलाउने र अर्को आदेश नभएसम्मका लागि बिहीबार देखि नै लागु हुने गरी साँझ ७ बजेदर्खि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेश नाकामा यात्रुहरुको आवागमनमा पूर्ण रोक लगाउने जनाइएको छ ।

दिउँसोको समयमा भने सवारी पास लिएका मानिस आवत–जावत गर्न सक्ने गृह मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए ।

काठमाडौं उपत्यका बाहेकका जिल्लामा पनि अत्यावश्यक कामबाहेक अन्तरजिल्ला सवारी आवागमन  पास जारी नगर्न र बिना पास अन्तर जिल्ला आवागमन पूर्णरुपमा बन्द गर्न समेत निर्देशन जारी गरिएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.