टोखामा पहिरोले पुरिएर जुम्ल्याह दिदी भाइकाे मृत्यु

टोखामा पहिरोले पुरिएर जुम्ल्याह दिदी भाइकाे मृत्यु

काठमाडौंको टोखामा पहिरोमा परी जुम्ल्याहा दिदी भाइकाे मृत्यु भएको छ।

मंगलबार बिहान टोखा नगरपालिका-१ तासीडाँडामा पहिरो खस्दा रामकुमार रानामगरको तीन/तीन वर्षीया जुम्ल्याहा दिदी सन्ध्या राना र भाइ शचिन रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान आमाबुबा खाना खान थालेको बेला उनीहरुको खेल्ने क्रममा घरमाथिबाट खसेको पहिरोको ढिस्कोले पुरिएर उनिहरुकाे मृत्यु भएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले जनाएको छ।

धनकुटाको भेरी गाउँपालिका– २ गुराँसे स्थायी घर भएका रामकुमारले ज्यालादुरी गरेरै छोराछोरी हुर्काएका थिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.