दार्चुलामा पहिराले घर पुरिँदा दाजुभाइकाे मृत्यु, अन्य तीन जना घाइते

दार्चुलामा पहिराले घर पुरिँदा दाजुभाइकाे मृत्यु, अन्य तीन जना घाइते

दार्चुलामा पहिराले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

जिल्लाकाे मालिकार्जुन गाउँपालिका–८ शङ्करपुर पस्तीमा घर माथिबाट खसेकाे पहिराेले घर पुरिँदा लेकम गाउँपालिका–५ घर भएका अन्दाजी २७ वर्षीय अर्जुन दर्जी र २२ वर्षीय मिलन दर्जीको मृत्यु भएको हाे । उनीहरुको घरभित्रबाट शव निकालि सकेको प्रहरीले जनाएकाे छ ।

सोही घटनामा परी घरधनी ३५ वर्षीया लक्ष्मी ढोली, नौ वर्षीय छोरा शुभम र १४ वर्षीया छोरी सोनिया घाइते भएका छन् । तीन जनालाई स्थानीय र प्रहरीले घरभित्रबाट जीवितै उद्धार गरेका हुन् । घाइते लक्ष्मी र छोरी सोनियाको थप उपचारको लागि हेलिकप्टर ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ ।

बिहान ३ बजेतिर घरमाथिबाट पहिरो आएको हो । पहिरोमा पुरिएर मृत्यु भएका मिलन र अर्जुन दाजुभाइ हुन् । उनीहरु गौरापर्वको लागि लुगा सिउन शङ्करपुर पस्ती आएका हुन् । घाइतेको अहिले शङ्करपुर स्वास्थ्यचौकी पस्तीमा उपचार भइरहेको छ । यस्तै पहिरोले सुविरसिंह धामी र हरसिं धामीको पसलमा क्षति पुगेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.