धादिङमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

धादिङमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ६ गल्याङमा पहिराले घर पुरिँदा एकै परिवारको तीन जनाको मृत्यु भएको छ ।

बिहान चार बजेतिर गएको पहिरोले घर पुरिँदा २५ वर्षीय मिलन खाँण, २२ वर्षीया सम्झना खाँण र उनीहरुको डेढ वर्षीया छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ ।

बिहान साढे ४ बजे पहिरोले पुरिएको खबर आएपछि घटनास्थलमा प्रहरी पुग्दा तिनजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।

एसपी रेग्मीका अनुसार मृतक तीनै जनाको शव निकालिसकिएको छ। उनीहरूको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ। हिजो धादिङको गजुरी गाउँपालिकाकी १७ वर्षीया निरुता परियारको पहिरोमा परि मृत्यु भएको थियो।

पहिरोले धादिङका विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको छ। चितवन जोड्ने मौवाखोलाको पुल भत्किएको छ पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा आवातजावत अवरुद्ध भएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.