विकास दुबे प्रहरीको नाटकीय  इन्काउन्टरमा मारिए

विकास दुबे प्रहरीको नाटकीय  इन्काउन्टरमा मारिए

डिएसपी सहित ८ प्रहरीको हत्या गरेका भारतीय राज्य उत्तर प्रदेश, कानपुरका विकास दुबे प्रहरीको नाटकीय  इन्काउन्टरमा मारिएका छन्।

उज्नेनबाट विहीबार पक्राउ परेका उनलाई कानपुर ल्याउने क्रममा इन्काउन्टर गरिएको हो। उनलाई कानपुर ल्याउने क्रममा उनी सवार गाडी पल्टिएको र  प्रहरीको हतियार खोसेर भाग्न खोज्दा प्रहरीले गरेको जवाफी हमलामा दुबे मारिएको भारतीय प्रहरीले दाबी गरेको छ।

असार १८ गते आफूलाई पक्राउ गर्न आएको प्रहरी टोलीलाई दुबेको समूहले जेसिबीले बाटो छेकेर हमला गर्दा घटनामा एक डिएसपी, तीन सब-इन्सपेक्टर र चार कन्स्टेबल मारिएका थिए।

हत्यापछि फरार रहेका दुबेलाई बिहीबार प्रहरीले मध्य प्रदेशको उज्जैन जिल्लाको महाकाल मन्दिरबाट पक्राउ गरेको थियो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.