जेलबाट छुटेलगत्तै सुन पसलमा चोरी,तीन जना पक्राउ

जेलबाट छुटेलगत्तै सुन पसलमा चोरी,तीन जना पक्राउ

रातको समयमा सटर फोडेर सुन, चाँदी पसलमा चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुरका सुमित भन्ने गंगाबहादुर तामाङ, महोत्तरीको बुद्धबहादुर माझी र उदयपुरकै विक्रम भनिने जंगबहादुर रायमाझी रहेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले दुई जनालाई मोरङको उर्लाबारी र एक जनालाई काठमाडौंबाट पक्राउ गरेको हो ।

उनीहरुले २०७६ फागुन १८ गते राति काठमाडौं महानगरपालिका-२ लाजिम्पाटस्थित दिलिप कुमार श्रेष्ठको पबि ज्वेलर्समा रहेका १ किलो १ सय ५० ग्राम बराबरको सुनका गहना, ८ किलो ५ सय ६० ग्राम बराबरको चाँदीका गहना र नगद समेत गरी ८५ लाख ८५ हजार ६ सय ४२ रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए ।

विगत केही समयदेखि रातको समयमा काठमाडौं उपत्यकाभित्र भएका बिभिन्न सुन- चाँदी पसलहरुको सटर फोडी चोरी गर्ने व्यक्तिहरुको खोजी गर्ने क्रममा कागज बोतल उठाउने व्यक्तिको हुलिया बनाई साईकल लिई बिभिन्न सुन-चाँदी पसलहरुको हप्ता दिनसम्म रेकि गरी बिशेषत: रातको समयमा धेरै मानिसहरुको चहलपहल नहुने स्थानमा रहेको सुन-चाँदी पसलको सटर फोडी चोरी गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

प्रहरीका अनुसार उनीहरुले पसलभित्र रहेको सीसी टीभीको डीभीआर समेत बोकेर लगेका थिए । दुई वटा समूहले जेलमा भएको चिनजानपछि पुनः भेला भएर अन्तिम पटक ठूलो काम गर्ने भन्दै चोरी गरेको पाइएको छ ।

घटनामा संलग्न रहेका अभियुक्तहरुमध्ये एकजना २०७६ चैत ९ गते चोरी कार्यमा पक्राउ परी केन्द्रीय कारागारमा सजाय भुक्तान गरिरहेको र दुईजना भारतीय मुलका फरार अभियुक्तहरुको खोजी कार्य भईरहेको उक्त महाशाखाले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.