लागूऔषध दुर्यव्यसन कोरोना जस्तै ‘संक्रामक रोग’: गृहमन्त्री

लागूऔषध दुर्यव्यसन कोरोना जस्तै ‘संक्रामक रोग’: गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले लागूऔषध प्रयोगकर्ताहरु कोरोना संक्रमण जस्तै समाजमा फैलिएको बताउनु भएकाे छ ।

नेपाल लागू औषध प्रयोगकर्ता सर्वेक्षण–२०७६ को प्रतिवेदन सार्वजनिक कार्यक्रममा बाेल्दै गृहमन्त्री थापाले उक्त कुरा बताउनु भएकाे हाे ।

कोरोनाको सामना गरिरहेको बेला लागू औषधले मानिसको जीवनको अस्तित्वमा चुनौती समेत खडा गरेको भन्दै गृहमन्त्री थापाले लागूऔषध लामो समयदेखि विस्तारै विश्वव्यापी रुपमा फैलिँदै गएको बताउनु भएकाे छ ।

समाजको र राष्ट्रको विकासका लागि युवाहरुको अग्रणी भूमिका हुने भए पनि लागूऔषध प्रयोगले प्रभाव परेको उँहाको भनाइ थियो। प्रयोगकर्ताहरूको जीवनरक्षाका लागि यसको रोकथाम अनिवार्य भएको तर्क गर्दै उँहाले मानव सभ्यता र संस्कृतिको रक्षा, समाज र राष्ट्र विकासका लागि लागूऔषध नियन्त्रण जरुरी रहेको बताउनु भयाे ।

हालको सर्वेक्षणअनुसार १ लाख ३० हजार ४२४ जना लागू औषध प्रयोगकर्ता रहेको गृहमन्त्रालयले जनाएको छ । जसमा ९१ हजार ५३४ पुरुष र ४६ हजार ३०९ महिला रहेका छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.