आँपको प्रलोभन देखाइ बालिकाको बलात्कारपछि हत्या, भारतीय नागरिक पक्राउ

आँपको प्रलोभन देखाइ बालिकाको बलात्कारपछि हत्या, भारतीय नागरिक पक्राउ

धनुषाको जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाकी ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ ।

प्रहरीले बालिकाको हत्यामा संलग्न एक भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश राज्यको मलिहाबाद जिल्ला काकोरी ग्राम पञ्चायत ११ निवासी ३२ वर्षीय दीपु सिंह छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ बस्ने विनोद पञ्जियारकी ११ वर्षीया छोरी कञ्चन कुमारी पञ्जियारको बलात्कारपछि हत्या भएको हो । गत १७ गते भैँसी चराउन आँपको बगैँचा पुगेकी कञ्चन बेपत्ता बनेकी थिइन् । त्यसको दुई दिनपछि दुधमति नदी छेउमा उनको शव अर्धनग्न अवस्थामा फेला परेको थियो ।

प्रहरी अनुसन्धानबाट सिंहले कञ्चनलाई आँप दिन्छु भन्ने प्रलोभन देखाइ बगैँचाको एकान्त कुनामा लगेर बलात्कारपछि हत्या गरेको खुल्न आएको छ ।

सिंहले प्रहरी समक्ष बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.