क्वारेन्टिनमा बसेकी महिलामाथि सामुहिक बलात्कार

क्वारेन्टिनमा बसेकी महिलामाथि सामुहिक बलात्कार

कैलालीको लम्कीचुहा नगरपालिका–१ पूर्वलम्कीमा रहेको शहिद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेकी एक महिलामाथि सामुहिक बलात्कार भएको छ ।

जेठ २० गते गौरीफन्टा नाकाबाट आएर शहिद स्मृति माध्यामिक विद्यालय लम्कीको क्वारेनटाइनमा बस्दै आएकी ३१ वर्षीया महिलाले शनिबार १२ बजेतिर क्वारेनटाइनमा स्वयंसेवकका रुपमा खटिएका तीनजनाले आफ्नो बलत्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकि थिइन् ।

जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय लम्कीले तीनजना स्वयंसेवकलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा सर्जन विक, लक्ष्मण परियार र किशोर परियार रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका तीनै जना स्वयंसेवकका रूपमा क्वारेन्टाइन व्यवस्थापनमा खटिएका थिए । उनिहरुले भिडियो खिचेर पैसा माग्दै धम्क्याएको समेत पीडित महिलाले बताएकी छिन् ।

दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले हिजाे लम्की बजारमा विरोध प्रर्दशन गरेका थियाे । लम्की चौराहामा चक्का जाम गर्दै उनीहरुले विरोध गरेका हुन् । प्रदर्शनकारीले वडा कार्यालयमा तोडफोड पनि गरेका छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.