काठमाडौंको सुन पसलमा २ लाख २३ हजारको चोरी गर्ने र किन्ने तीन जना पक्राउ

काठमाडौंको सुन पसलमा २ लाख २३ हजारको चोरी गर्ने र किन्ने तीन जना पक्राउ

लकडाउनको समयमा सुन पसलमा चोरी गर्ने एक जना र चोरीको सो सामान किन्ने दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा चोरीमा संलग्न पोखरा महानगरपालिका १० अमरसिंह चोक घर भइ गोङ्गबु बस्दै आएका १७ वर्षीय मिलन तामाङ र चोरी गरेको सामान किन्ने नुवाकोट तार्केश्वर गाउँपालिका ४ घर भइ काठमाडौंको ठमेलमा वस्दै आएका ३१ वर्षीय प्रेम तामाङ र भारतको मोतिहारी सुगौली ६ का २५ वर्षीय ऋषिमुनि कुमार रहेका छन् ।

उनिहरुलाई सोमबार महानगरीय अपराध महाशाखाको टोलीले गोंगबुको पेट्रोल पम्प अगाडिबाट पक्राउ गरेकाे हाे ।

गत वैशाख ६ गते राति काठमाडौं महानगरपालिका सरकारीधारास्थित नोर सुन चाँदी पसलबाट उनले अन्दाजी दुई लाख २३ हजार रूपैयाँ बराबरको चोरी गरेका थिए।

प्रहरीले उनीहरूबाट एक थान सुनको मंगल सुत्र, एक थान सुनको हार, २५ थान चाँदीको पाउजु, दुई थान चाँदीको किरिङ, एक थान चाँदीको दीयो, सात थान चाँदीको कल्ली, तीन थान चाँदीको औंठी र दुई थान चाँदी जन्तर बरामद गरेको छ।

साथै तीन थान चाँदीको प्लेट, एक थान चाँदीको बेरुवा बाला, एक थान चाँदीको ब्रासलेट, एक थान चाँदीको सिक्री र १३ थान चाँदीका लकेट पनि बरामद गरिएको प्रहरी महाशाखाका एसपी होविन्द्र बोगटीले बताए।

प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गर्न महानगरीय प्रहरी वृत्त महाराजगन्जमा बुझाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.