बालाजुमा मिनिट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

बालाजुमा मिनिट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

काठमाण्डौको बालाजुमा बिहीबार राति मिनिट्रक र स्कुटर एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

गोगंबुबाट बालाजु तिर जादै गरेकाे बा २ ख ५४ ८४ नम्बरको मिनिट्रक र बिपरीत दिशाबाट आउदै गरेकाे ना ६५ प २००१ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र २५ वर्षका धनबहादुर बुढाको मृत्यु भएको हाे ।

दुर्घटनामा परी गम्भिर घाइते भएका बुढाको ट्रमा सेन्टरमा र विष्टको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति नै मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रहरीले मिनिट्रक र चालकलाई नियन्त्रणमा लिइ घटनाबारे अनुसन्धान सुरु गरेकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.