कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ पुग्यो, दाहसंस्कारको ४ दिनपछि आयो रिपोर्ट

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ पुग्यो, दाहसंस्कारको ४ दिनपछि आयो रिपोर्ट

कोरोना भाइरसबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ ।

भारतको गुजरातबाट नेपाल फर्कँदै गर्दा कपिलवस्तुको सीमा नजिकै बाटोमै मृत्यु भएका अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–९ का एक युवामा कोरोना भाइरसको पुष्टि भएको हो।

भारतबाट आएको र अचानक स्वास्थ्यमा समस्या आएपछि मृत्यु भएका उनको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा स्वाव परिक्षण गरिएकोमा आज कोरोना पोजिटिभ देखिएको प्रमुख जिल्ला अधिकारी विजय पौडेलले जानकारी दिए ।

आज कोरोना संक्रमण पुष्टि भएका युवको शव भने ४ दिनअघि नै अन्त्येष्टि गरिसकिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । बुधबार साँझ ललितपुरका १ युवकको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.