नेपाल प्रहरीका ८४ डीएसपीको सरुवा, ६० को पदस्थापन, को कहाँ ?

नेपाल प्रहरीका ८४ डीएसपीको सरुवा, ६० को पदस्थापन, को कहाँ ?

नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरुको सरुवा र पदस्थापन गरिएको छ ।

प्रहरी प्रधान कार्यलयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट बढुवा भएका ६० जना डीएसपीको पदस्थापन गरेको छ । त्यस्तै ८४ डीएसपीको सरुवा गरेको छ ।

बिहिवार प्रकाशित सरुवा सुचीअनुसार महानगरीय प्रहरी बृत्त महाराजगन्जमा डीएसपी रोशन खड्काको सरुवा भएको छ । नेपाल प्रहरीका काबिल अधिकृत खड्का साईबर ब्युरोमा कार्यरत थिए ।

त्यस्तै महानगरीय प्रहरी बृत्त नयाँबानेश्वरको प्रमुखको जिम्मेवारी डीएसपी दक्षकुमार बस्नेतलाई दिइएको छ। बस्नेत जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत थिए ।

बिहीवारको सरुवामा उपत्यकाका केही बृत्तका साथै केही जिल्ला र ईलाका प्रहरी कार्यालयको नेतृत्व परिवर्तन भएको छ । सुचीअनुसार महानगरीय प्रहरी बृत्त कमलपोखरीमा खुमलाल भुसाल, गौशालामा जितेन्द्रकुमार बस्नेत र किर्तिपुरमा रुकेश तण्डुकारको सरुवा भएको छ ।

सरुवा भएका डीएसपीको सूची

पदस्थापन भएका डीएसपीको सूची

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.