बलात्कार आरोप लागेका तत्कालीन डिएसपी खिउजु पुर्पक्षका लागि थुनामा

बलात्कार आरोप लागेका तत्कालीन डिएसपी खिउजु पुर्पक्षका लागि थुनामा

बलात्कारको आरोप लागेका महानगरीय प्रहरी वृत चापागाउँका तत्कालीन प्रमुख राजकुमार खिउजु जेल चलान भएका छन्।

प्रहरीको बर्दीमा भएकैबेला २१ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोग लागेका पूर्वडिएसपी खिउजुलाई जिल्ला अदालत ललितपुरले बिहीबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हाे ।

जागिर खान प्रहरी रिपोर्ट बनाउन गएका बेला चापागाँउँ प्रहरी कार्यालयमा प्रमुख रहेका खिउजुले बलात्कार गरेको भन्दै ती किशोरीले दिएको जाहेरीका आधारमा उनी विरूद्ध बलात्कारको मुद्दा लागेको थियो।

गएको माघमा जाहेरी परेको थियो भने फागुनमा प्रहरीले उनलाई पक्राउ गरेको थियो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.