कोरोनाबाट ललितपुरमा एक जनाको मृत्यु, मृतकको संख्या ५ पुग्यो

कोरोनाबाट ललितपुरमा एक जनाको मृत्यु, मृतकको संख्या ५ पुग्यो

कोरोना भाइरस संक्रमणका कारण बुधबार साँझ ललितपुरमा एक जनाको मृत्यु भएको छ।

ललितपुरको भैंसेपाटीका स्थायी निवासी उनको बुधबार किस्ट अस्पतालमा उपचारको क्रममा  मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालय प्रमुख डा. खगेश्वर गेलालले  जानकारी दिए।

लिभरसम्बन्धी रोगबाट ग्रस्त उनी जेठ ११ गते अस्पताल भर्ना भएका हुन्। उनको स्वाब संकलन गरेर यही जेठ १२ गते परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउँदा कोरोना पोजेटिभको रिपोर्ट आएको हाे ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि सिन्धुपाल्चोक, गुल्मी, बारा र बाँकेका १–१ जनाको मृत्यु भइसकेको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.