भक्तपुरमा एक युवतीमाथि सामूहिक बलात्कार, एक जना पक्राउ

भक्तपुरमा एक युवतीमाथि सामूहिक बलात्कार, एक जना पक्राउ

कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले लागू गरेको लकडाउनको समयमा मध्यपुरथिमिमा एक युवती सामूहिक बलात्कारको शिकार भएकी छिन् ।

मध्यपुर थिमि नगरपालिका–६ पुरानो थिमिमा डेरा गरी बस्ने २२ वर्षीय रोहित गिरीसहितका पाँचजनाले २० वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

गिरीले युवतीलाई कोठामा ल्याएर पहिला आफूले जबरजस्ती करणी गरेको र कोठाबाट भाग्न उम्किन नदिई साथीहरुलाई बोलाएको पीडित युवतीले प्रहरी समक्ष बताएकी छिन् ।

गिरीले अन्य ४ जना साथीलाई समेत आफ्नो कोठामा बोलाई सबैले पालैपालो रातभरी करणी गरी भागेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले बताएका छन् ।

पीडित युवतीले यही जेठ ९ गते बिहान महानगरीय प्रहरी वृत्त ठिमीमा जाहेरी दिएपछि प्रहरीले काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका घर भई मध्यपुरथिमि–६ पुरानो थिमि बस्ने २९ वर्षीय कवाङ लामालाई पक्राउ गरेको छ ।

प्रहरीले आइतबार जिल्ला अदालत भक्तपुरबाट १० दिनको म्याद थप गरी अनुसन्धान शुरु गरेको र फरार अन्य चारजनाको खोजी भइरहेको जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.