डिल्लीबजार कारागारमा झडप

डिल्लीबजार कारागारमा झडप

काठमाडौँको कारागार कार्यालय डिल्लीबजारमा कैदीबन्दीबीच झडप भएको छ ।

चौकीदार परिवर्तन गर्ने विषयलाई लिएर झडप भएको कारागार स्रोतले जनाएको छ ।

प्रहरीका अनुसार कैदीबन्दीले कारागारभित्रै नाराबाजीसमेत गरेका थिए। कारागार कार्यालयमा भित्रबाट ताला लगाएर प्रदर्शन गरेको समेत जनाइएको छ।

महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख विश्वराज पोखरेलले चौकीदार राख्ने विषयमा विवाद हुँदा कारागारमा भित्रबाट ताला लगाएर प्रदर्शन भएको र अहिले प्रहरी परिचालन गरेर स्थिति नियन्त्रणमा लिइसकिएको जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.