लकडाउन उल्लङ्घन गर्ने २४० सवारी साधन नियन्त्रणमा

लकडाउन उल्लङ्घन गर्ने २४० सवारी साधन नियन्त्रणमा

कोरोना भाइरसको जोखिम बढेपछि अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन सरकारले जारी गरेको आदेश उल्लंघन गर्ने दुई सयभन्दा बढी सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

उपत्यकाका विभिन्न स्थानबाट आइतबार बिहान १० बजेसम्म दुई सय ३१ वटा मोटरसाइकल र नौ वटा चारपाङ्ग्रे गाडी नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनका बेला अतिआवश्यक काममा बाहेक सवारी साधनको प्रयोग नगर्न प्रहरी अनुरोध गरेको छ ।

लकडाउन उल्लघन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर सडकमै तीन घण्टासम्म होल्ड गराउँदै छाड्ने गरेको छ। प्रहरीले हरेक दिन लकडाउन उल्लघन गर्नेमाथि कडा रुपमा प्रस्तुत भएको बताउँदै आए पनि लकडाउन उल्ल्घनका घटना भने कम हुन सकेको छैन।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.