लकडाउन उलंघन रोक्न खोज्दा कांग्रेस नेतामाथि छुरा प्रहार

लकडाउन उलंघन रोक्न खोज्दा कांग्रेस नेतामाथि छुरा प्रहार

‘लकडाउ’ उलंघन रोक्न खोज्दा मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा नेपाली कांग्रेसका स्थानीय नेतामाथि छुरा प्रहार भएको छ।

कांग्रेसका पूर्व क्षेत्रीय सदस्य ६५ वर्षीय दिलिप तामाङमाथि शुक्रबार साँझ ७ बजेतिर छुरा प्रहार भएको  हो । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपाल सरकारले गरेको लकडाउन उल्लंघन हुने क्रम बढेपछि स्थानीय स्तरमा तामाङले त्यसलाई रोक्ने काम गरेका थिए।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीका अनुसार ‘लकडाउन’ उल्लंघन हुने क्रम बढेपछि तामाङले सडकमा काठ तेस्र्याएर त्यसलाई रोक्ने प्रयास गरेको पाइएको छ ।

त्यही विषयलाई लिएर स्थानीय २८ वर्षीय विजय लिम्बूसँग उनको विवाद भएको थियो । मादक पदार्थ सेवन गरेका लिम्बूले विवादकै क्रममा छुरा प्रहार गरेर तामाङलाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

छुरा प्रहारबाट तामाङको बायाँ छात्तीमा गहिरो चोट लागेको छ ।  उनको विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको जानकारी चिकित्सकले गराएको प्रहरीले जनाएको छ।

तामाङलाई छुरा प्रहार गरेको आधा घण्टाभित्रै घटनामा संलग्न लिम्बुलाई पक्राउ गरि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.