कोरोनाबारे सामाजिक सञ्जालमा अफबाह फैलाउने युवक पक्राउ

कोरोनाबारे सामाजिक सञ्जालमा अफबाह फैलाउने युवक पक्राउ

प्रहरीले सामाजिक सञ्जालमार्फत कोरोना भाइरसबारे अफवाह फैलाउने एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोपाल सुनार रहेका छन् । सामाजिक सञ्जालमा गलत हल्ला फैलाउने सुनारलाई शुक्रवार बेलुका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो ।

महेन्द्रनगरस्थित ‘महाकाली अस्पतालमा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको मृत्यु भयो’ भनेर सुनारले अफवाह फैलाएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

सुनारले शुक्रवार बिहान सामाजिक सञ्जालमा ‘महेन्द्रनगरको अञ्चल अस्पतालमा एक जनाको मृत्यु, कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ’ भनेर पोष्ट गरेका थिए ।

कोरोनाबारे सामाजिक सञ्जालमा अफवाह फैलाएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सामाजिक सञ्जालमार्फत पुष्टि गरेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.