
अदालतको अत्यावश्यक सेवा चैत २८ सम्म सञ्चालन हुने
सर्वोच्च अदालतलगायत सम्पूर्ण अदालतले यही चैत २८ गतेसम्म अतिआवश्यक सेवा मात्र सञ्चालन गर्ने भएका छन् ।
सर्वोच्च अदालतको शुक्रबार बसेको पूर्ण बैठकले कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्नका लागि अतिआवश्यक सेवा मात्र सञ्चालन गरिरहेकोमा त्यसलाई यही चैत २८ गतेसम्म निरन्तरता दिने निर्णय गरेको अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।
अदालतको यसअघिको पूर्ण बैठकले आजसम्मका लागि अतिअवाश्यक सेवा मात्र प्रवाह गर्ने निर्णय गरेको थियो ।
सरकारले स्थापना गरेको कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा प्रधानन्यायाधीशसहित न्यायाधीशहरुले १५ दिनको तलब उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।
बैठकले मातहतका अदालत तथा न्यायाधीकरणका न्यायाधीशलाई कोषमा सहयोगस्वरुप रकम उपलब्ध गराउने बारेमा लेखी पढाउने निर्णय गरेको छ ।
अरु समाचार
म्याट्रिका आँखा अस्पतालमा नक्कली ‘बम...
काठमाडौंको पुरानो बानेश्वरस्थित म्याट्रिका आँखा अस्पतालमा नक्कली ...
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-१० गोंगबु बस्ने ...
प्रहरी हवल्दार बाबुराम घिमिरेविरुद्ध विशेष...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्ध...
बलात्कारीलाई सात वर्ष कैद फैसला
उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङ...
बालिका बलात्कारको कसुरमा किशोरलाई १२ वर्ष ...
जिल्ला अदालत उदयपुरले एक स्थानीय चार वर्षीया बालिकालाई बलात्कार गरे...
उच्च अदालत पाटनले थप सेवा शुरु गर्ने
कोरोना भाइरसको जोखिमबाट बच्नका लागि सरकारले गरेको बन्दाबन्दीकै क्रम...
विप्लव नेतृत्वको नेकपाका नेता खत्रीलाई थुन...
सर्वोच्च अदालतले नेत्रविक्रम चन्द समूहका नेता चक्रबहादुर खत्रीलाई थ...
चैत २२ गतेसम्मका लागि देशभरका अदालत बन्द
विश्वभरि नै फैलिरहेको कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट बच्च आइतबारब...