लकडाउन आदेश उल्लङ्घन गर्ने ६२५ लाई ‘होल्ड’

लकडाउन आदेश उल्लङ्घन गर्ने ६२५ लाई ‘होल्ड’

कोरोना भाइरसको जोखिम बढेपछि अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन सरकारले जारी गरेको आदेश उल्लंघन गर्ने ६ सय भन्दा बढीलाई आइतबार बिहानै प्रहरीले ‘होल्ड’ गरेर सचेतना कक्षा दिएको छ ।

पक्राउ गरेर राख्दा झन् जोखिम बढ्ने भएकाले शनिबारदेखि प्रहरीले उल्लंघनकर्तालाई जहाँ भेटिन्छ त्यहाँ केही घण्टा होल्ड (रोकेर राख्ने) र सचेतना दिएर जहाँबाट आएको हो त्यतै फर्काउन थालेको हो ।

मंगलबार बिहान ७ बजेसम्म उपत्यकाबाट ६२५ जनालाई होल्ड गराइएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ।होल्ड गरिएकामा ५४७ जना पुरुष छन् भने ७८ जना महिला छन्। उनीहरुसँग ६८ वटा सवारी साधन पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

लकडाउन उल्लघन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर सडकमै तीन घण्टासम्म होल्ड गराउँदै छाड्ने गरेको छ। प्रहरीले हरेक दिन लकडाउन उल्लघन गर्नेमाथि कडा रुपमा प्रस्तुत भएको बताउँदै आए पनि लकडाउन उल्ल्घनका घटना भने कम हुन सकेको छैन।

कोराना भाइरसको संक्रमण देखिएपछि सरकारले दुई पटक गरेर दुई साताका लागि लकडाउन गरेको छ। यस्तो अवस्थामा विभिन्न बहाना बनाउँदै सर्वसाधारण बाहिर निस्कन थालेका छन्।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.