नेपालगञ्ज विमानस्थलमा विमान दुर्घटना

नेपालगञ्ज विमानस्थलमा विमान दुर्घटना

काठमाडौंबाट गएको नेपाल एयरलाइन्सको विमान शनिबार नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेको छ ।

कोरोनाभाइरस (कोभिड १९) को आशंका गरिएका बिरामीहरुको संकलित स्वाबको नमुना लिन गएको नेपाल एयरलायन्सको चिनियाँ वाइ १२ ई जहाज धावनमार्गमा चिप्लिएर दुर्घटना भएको  हो ।

विमानमा रहेका दुई चिकित्सक र तीन चालक दलका सदस्य रहेकामा उनीहरु सबै सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जहाज अवतरण हुनेबेला चिप्लिएर धावनमार्गबाट बाहिर जालीनेर पुगेको बताइएको छ ।

जहाजको प्राविधिक परीक्षणपछि उड्ने/नउड्ने निश्चित हुने नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दिपु ज्वार्चनले जानकारी दिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.