कोरोनाबारे अफवाह फैलाउने पक्राउ

कोरोनाबारे अफवाह फैलाउने पक्राउ

प्रहरीले झापाको दमकबाट कोरोना भाइसरको सङ्क्रमण देखियो भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दमक–१ निवासी ३५ वर्षीय कुमार राई रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखि आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.