प्रहरी नै लुटपाटमा संलग्न, ३ प्रहरीसहित ५ जना पक्राउ

प्रहरी नै लुटपाटमा संलग्न, ३ प्रहरीसहित ५ जना पक्राउ

लुटपाटमा संग्लन रहेको आरोपमा काठमाडौंबाट मकवानपुर पुगेका ३ जना प्रहरीसहित ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महानगरीय प्रहरी वृत्त दरवारमार्गका कार्यरत प्रहरी सहायक निरीक्षक सुरेन बस्याल, प्रहरी जवानद्वय हेमकान्त मगर र वीरबहादुर बस्नेत तथा पत्रकार सुजन आचार्य र अर्का एकजना रहेका छन् । उनिहरुलाई आइतबार साँझ इलाका प्रहरी कार्यालय पालुङको प्रहरी टाेलीले मकवानपुरको पालुङबाट पक्राउ गरेकाे हाे ।

पूर्व तयारीका साथ काठमाडौंबाट लुटपाट गर्ने उद्देश्यले उनीहरु मकवानपुरको कैलाश गाउँपालिका पुगेको मकवानपुर प्रहरीले जनाएको छ । उनीहरुले त्यहाका एक व्यक्तिसँग भएको हिरा लिई आफूहरु प्रहरी भएको र हल्ला गरे फसाइदिने भन्दै भागेका थिए ।

पक्राउ परेका तीनैजना निलम्बनमा परेको र उनीहरुमाथि हदैसम्मको कारवाही गरिने महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।

पोखरेलले भने,“बर्दीको आडमा अपराधमा संग्लनलाई हदैसम्मको कारवाही हुन्छ । अनुसन्धान गरिरहेका छौं ।”

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.