तीनथानामा ट्रकभित्र किशोरीमाथि सामूहिक बलात्कार, तीन पक्राउ

तीनथानामा ट्रकभित्र किशोरीमाथि सामूहिक बलात्कार, तीन पक्राउ

प्रहरीले काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ तिनथानाबाट सामुहिक बलात्कार गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङ राप्ती गाउँपालिका- १ का २४ वर्षीय संजय घर्ती मगर, सिन्धुली सुनकोशी गाउँपालिका-९ का १९ वर्षीय पासाङ तामाङ र रामेछाप गोकुलगंगा गाउँपालिका-२ का १९ वर्षीय कपिल खड्का रहेका छन् । उनिहरुलाई महानगरीय प्रहरी बृत थानकोट र महानगरीय प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको  हाे ।

मंगलबार बिहान दुई बजे महानगरीय प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरी टोलीले १७ वर्षीया किशोरीलाई नैकापमा फेला पारेका थिए। उनलाई प्रहरीले सोधपुछ गर्दा तीन जनाले सामूहिक बलात्कार गरेको बताएको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।

किशोरीले दिएकाे बयानकाे आधारमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको  हाे । काठमाडौंबाट धादिङ जान हिँडेकी ती किशोरीलाई तीन जना सहचालकले आफूहरूले पुर्‍याइदिने भनेर कुराएको र बलात्कार गरेको किशोरीले बताएकी छन्।

पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ को करणी सम्बन्धी कसुरमा अनुसन्धान तथा कारवाही भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.