गृह मन्त्रालयद्वारा विभिन्न जिल्लाका सीडीओको सरुवा, को कहाँ ? (सूचीसहित)

गृह मन्त्रालयद्वारा विभिन्न जिल्लाका सीडीओको सरुवा, को कहाँ ? (सूचीसहित)

गृह मन्त्रालयले  २६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ), सहायक प्रमुख जिल्ला अधिकारी, सहसचिव र उपसचिवहरुकोको सरुवा गरेको छ ।

मन्त्रालयले आइतबार कास्की, धनुषा, मकवानपुर, अछाम, धनकुटा, सिन्धुली, नवलपरासी पश्चिम, उदयपुर, पाँचथर, सिराहा, बारालगायत २६ जिल्लाका सीडीओको सरुवा गरेको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी अध्यागमन विभागको महानिर्देशकको रुपमा सरुवा भएको छ भने कास्कीमा गृह मन्त्रालयका सहसचिव ज्ञान प्रसाद ढकाल नयाँ सीडीओ भएर गएका छन् ।

यस्तै, धनुषाका प्रमुख जिल्ला अधिकारीको कारागार व्यवस्थापन विभागको महानिर्देशकका रुपमा सरुवा भएको छ भने उनको ठाउँमा सहसचिव कोश हरि निरौलाको सरुवा भएको छ ।

यस्तै, बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणि पोखरेलेको गृह मन्त्रालयमा सरुवा भएको छ भने उनको ठाउँमा उपसचिव रुद्र प्रसाद पण्डितलाई कायममुकायम सीडीओको जिम्मेवारी दिएर सरुवा गरिएको छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.