सीमामा थप निगरानी बढाउन सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

सीमामा थप निगरानी बढाउन सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रामबहादुर थापा बादलले कोरोना भाइरसको संक्रमणका कारण त्रास फैलिरहेको वेला सीमा नाकामा आवतजावत गर्नेमाथि थप निगरानी बढाउन सुरक्षाकर्मीलाई निर्देशन दिनु भएकाे छ ।

गृहमन्त्री थापाको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको बैठकमा बाेल्दै थापाले उक्त निर्देशन दिनु भएकाे हाे । बैठकमा बाेल्दै उँहाले बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढाउनेविरुद्ध गृह मन्त्रालयले अनुगमन तीब्र पारेकाे पनि जानकारी दिनुभयाे ।

माक्स लगायत दैनिक अत्यावश्यक सामग्रीको आपूर्ति व्यवस्थापनमा सहजिकरण गर्ने बताउदै गृहमन्त्री थापाले कोरोनाको प्रभाव न्यूीनकरणका लागि पूर्वतयारी स्थितिमा रहन पनि सुरक्षा संयन्त्रलाई निर्देशन दिनु भएकाे छ ।

बैठकमा प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, नेपाली सेनाका उपरथी प्रभुराम शर्मा लगायतकाे उपस्थित रहेकाे थियाे ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.