कालापानी फिर्ता ल्याउन सरकारले भारतसँग कूटनीतिक प्रयास गरिरहेकाे छ : गृहमन्त्री थापा

कालापानी फिर्ता ल्याउन सरकारले भारतसँग कूटनीतिक प्रयास गरिरहेकाे छ : गृहमन्त्री थापा

गृहमन्त्री रामहादुर थापा ‘बादल’ले नेपालको कालापानी क्षेत्रको भूभागलाई फिर्ता ल्याउन सरकारले भारत सरकारसँग कूटनीतिक प्रयास गरिरहेको बताउनु भएकाे छ ।

नेपाल सरकार गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको संयुक्त आयोजनामा मकवानपुरको हेटौंडामा शनिबारदेखि सुरू भएको बागमती प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठीलाई आज सम्बोधन गर्दै गृहमन्त्री थापाले उक्त कुरा बताउनु भएकाे हाे ।

सम्बोधनकाे क्रममा गृहमन्त्री थापाले भ्रमण वर्षलाई उच्च प्राथमिकता दिएर बाह्य पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम कार्यान्वयन गरिएको जानकारी दिदै शान्ति सुरक्षालाई सुदृढ बनाउन सुरक्षाको नयाँ रणनीति अवलम्बन गरिएको बताउनु भयाे ।

साथै उँहाले निवर्तमान सञ्‍चारमन्त्री गोकुल बाँस्कोटासँग जोडिएको अडियो प्रकरणमाथि सरकारले छानविन गर्ने बताउनु भएकाे छ ।

उक्त गोष्ठीमा गृहमन्त्रालयको सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाको उच्चस्तरीय सुरक्षा अधिकृत, प्रदेशका १३ वटै जिल्लाका प्रजिअहरुको सहभागिता रहेको थियाे ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.