‘गुण्डा नाइके’ सत्यमान लामा पक्राउ

‘गुण्डा नाइके’ सत्यमान लामा पक्राउ

प्रहरीले ‘गुण्डा नाइके’ सत्यमान लामालाई पक्राउ गरेकाे छ ।

काभ्रेको तेमाल गाउँपालिका–६, स्थायी घर भई बालुवाटार बस्दै आएका लामालाई महानगरीय प्रहरी वृत महाजगञ्जको टोलीले सोमबार राति पक्राउ गरेको हाे । मापसे गरेर सवारी साधन चलाएको र प्रहरीसँगै विवाद गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गुन्डा नाइके दावा लामाका सहयोगी रहेका  लामालाई सांग्रीला होटल अगाडि प्रहरीले रोकेर जाँच गर्ने क्रममा उनले प्रहरीसँग झगडा गरेका थिए । सुरुमा प्रहरीलाई पक्राउ परेका व्यक्ति लामा भएको थाहा थिएन । पक्राउ परेपछि मात्र प्रहरीले उनी गुण्डा नाइके लामा रहेको थाहा पाएको थियो ।

लामालाई हाल महानगरीय प्रहरी प्रहरी वृत्त महाराजगञ्जमा राखिएको प्रहरीले जनाएको छ ।

लामा यस अघि २०७५ असारमा पक्राउ परेका थिए । त्यसवेला सांसद नवीना लामाले उनलाई जमानतमा रिहा गराएकी थिइन् । त्यसपछि पनि फेरि लामा चेक बाउन्सको उजुरीमा पक्राउ परेर छुटेका थिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.